Wednesday, January 2, 2013

ड्रिम सेन्टरको सारै नै धोको छ !


गीत 

इन्दिरा गौतम, बानेश्वर ड्रिम सेन्टर, सातौँ समूह

सम्झीसम्झी यो मन रो’को छ,
ड्रिम सेन्टरको सारै नै धोको छ ।
गरिब चेली, ऋणले छो’को छ ।

साहूले भन्छ, काम गर्न छिटो हिँड्,
कहिले आउला गरिबको बोल्ने दिन ।
सम्झीसम्झी यो मन रो’को छ,
ड्रिम सेन्टरको सारै नै धोको छ ।
गरिब चेली, ऋणले छो’को छ ।

बोक्ने रहर किताब हातमा,
पढ्ने खर्च हुँदैन साथमा ।
सम्झीसम्झी यो मन रो’को छ,
ड्रिम सेन्टरको सारै नै धोको छ ।
गरिब चेली, ऋणले छो’को छ ।

2 comments:

  1. Why don't you attach audio clip of it? If it's there.

    ReplyDelete
  2. Thanks Gaurav for comment. Simply because, we don't have audio of it!

    ReplyDelete