Monday, August 6, 2012

ड्रिम सेन्टर



स्वस्तिका दङ्गाल, वाइली ड्रिम सेन्टर

मलाई ड्रिम सेन्टर मन पर्छ,
किनभने यो हाम्रो सपनाको केन्द्र हो ।
सानासाना ताराहरूका बिचमा
ज्ञानको उज्यालो दिने चन्द्र हो ।

ब्रह्मा, विष्णु, महेश्वर झैँ
हाम्रा गुरुहरू छन् यहाँ पूज्य ।
भविष्य चम्काउने ज्ञान बाँडिनाले
यसका अगाडि छन् सबै कुरा तुच्छ ।

No comments:

Post a Comment