Monday, September 17, 2012

स्कुल वरिपरि



इन्दिरा गौतम, बानेश्वर ड्रिम सेन्टर

स्कुलका वरिपरि फूल विरुवा रोपौँ
हाम्रो राम्रो स्कुललाई कसैले नहेपौँ ।

शिक्षकले पढाइदिनू राम्रोसँग बुझाई
शिक्षकलाई यति मात्र विद्यार्थीको बुझाइ ।
स्कुलका वरिपरि फूल विरुवा रोपौँ
हाम्रो राम्रो स्कुललाई कसैले नहेपौँ ।

स्कुलको वरिपरि हरियाली वन
स्कुल पढ्न जाउँ भने छैन आफ्नो धन ।
टाढाटाढाबाट हामी पढ्न भनी आयौँ
लौ विद्यार्थी साथीभाइ स्कुल पढ्न जाऔँ ।

No comments:

Post a Comment