गीत
इन्दिरा गौतम, बानेश्वर ड्रिम सेन्टर, सातौँ समूह
सम्झीसम्झी यो मन रो’को छ,
ड्रिम सेन्टरको सारै नै धोको छ ।
गरिब चेली, ऋणले छो’को छ ।
साहूले भन्छ, काम गर्न छिटो हिँड्,
कहिले आउला गरिबको बोल्ने दिन ।
सम्झीसम्झी यो मन रो’को छ,
ड्रिम सेन्टरको सारै नै धोको छ ।
गरिब चेली, ऋणले छो’को छ ।
बोक्ने रहर किताब हातमा,
पढ्ने खर्च हुँदैन साथमा ।
सम्झीसम्झी यो मन रो’को छ,
ड्रिम सेन्टरको सारै नै धोको छ ।
गरिब चेली, ऋणले छो’को छ ।